सुनसरीमा बीसीजी खोप लगाउँदा शिशुको मृत्यु

Friday, December 21st, 2018

सुनसरी ः नेपालका सरकारी अस्पताल तथा स्वास्थ्य चौकीमा बेला बेलामा स्वास्थ्य कर्मिको सानो लापरबाहिले गर्दा मानिसको ज्यान जाने गरेका धेरै उदाहरण छन ।सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–३, शिवगञ्ज टोलमा बिहीबार अनमिले बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु भएको छ ।खोपका कारण स्थानीय शिवु खत्वेको एकमहिने छोरा शिवमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिए ।
शिशुलाई दिउँसो १ बजेको समयमा स्वास्थ्यचौकी भोक्राहाबाट खटिएकी अनमी गोमा ढकालले बीसीजी खोप लगाएकी थिइन् ।खोप लगाएको केही समयपछि बेहोस भएका शिशुलाई जिल्ला अस्पताल लगिएकामा उनको उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए ।शिशुको मृत्यु भएपछि पीडित परिवारसहित आक्रोशित स्थानीयवासीको भीडले स्वास्थ्यचौकीमा नाराजुलुस गर्नाका साथै स्वास्थ्यकर्मीमाथि हातपातको प्रयास गरेका थिए । खोप लगाउने स्वास्थ्य स्वयंसेविका ढकाललाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान थालेकोे छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest