सुपर किड इन्टरनेशनलको उपाधी गर्दिष्मा मल्ल र अविशा हाडालाई

Wednesday, October 3rd, 2018

अनुराधा तिमिल्सिना,
काठमाण्डौ ः बालबालिकाको क्षमता विकासको क्षेत्रमा विगत केहि समय देखि सक्रिय रुपमा काम गरि इभेन्ट म्यानेजमेन्टको क्षेत्रमा उत्कृष्ट सावित भएको मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टको आयोजनामा क्विक्स सुपर किड इन्टरनेशनल–२०१८ सम्पन्न भएको छ ।
मर्निङ ग्लोरी इन्टरटेन्टमेन्टकी अध्यक्ष तथा कार्यकारी निर्देशक मोहना क्षेत्रीको अगुवाईमा बालबालिकाको क्षमता अभिवृद्धिको साथै सामाजिक र परोपकारी कार्यमा आर्थिक संकलनको लक्ष सहित आयोजित उक्त प्रतियोगितामा सिनियर तथा जुनियर बालबालिकाहरुको उत्साहजनक सहभागिता रहेको थियो । २६ जना बालबालिकाको संलग्नतामा भएको उक्त प्रतियोगितामा बालबालिकाले आँफूमा रहेको विभिन्न कला प्रस्तुत गरेका थिए । जसमा यो बर्षको सुपर किड इन्टरनेशनलमा सिनियरवाट गर्दिष्मा मल्ल र जुनियरवाट अविशा हाडाले उपाधि जितेका छन् ।त्यसै गरेर फस्ट रनरअपमा सिनियरवाट प्रन्जु आचार्य र जुनियरवाट बर्षा बेल्वासेले उपाधि जिते भने पब्लिक च्वाइस अवार्ड विराज चौहान सिनियरवाट र अविशा हाडा जुनियरवाट प्राप्त गर्न सफल बने ।
कार्यक्रममा बरिष्ठ फोटोपत्रकार श्याम चित्रकार, बरिष्ठ गायिका कुन्ती मोक्तान र बरिष्ठ अभिनेत्री मिथिला शर्मालाई विशेष सम्मान प्रदान गरिएको थियो ।विपासना खनालको कोरियोग्राफी रहेको उक्त प्रतियोगिता सुवानी मोक्तानले कार्यक्रम संचालन गरेकी थिइन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest