सुबिसुका ग्राहकहरुलाई ‘रिफरमा बोनस’ अफर

Wednesday, August 5th, 2020


२०७७, श्रावण ११, नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले ‘रिफरमा बोनसस’ अफर आफ्ना ग्राहक माझ ल्याएको छ । यस अफर अन्तर्गत सुबिसुका ग्राहकहरुले सुबिसुको इन्टरनेट÷टिभी सेवा आफन्त तथा साथीभाईलाइ रिफर गरी आफनो यथावत रहेको सेवामा थप एक महिना निःशुल्क सेवा प्राप्त गर्न सक्नेछन् । इन्टरनेटको बढ्दो माग र विश्वश्निय सेवालाइ पूर्णरुप दिन यो अफर ल्याइएको कम्पनीले जनाएको छ । अफरमा सर्त तथा नियमहरु भने लागु हुने छ ।
सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट, एम.भि.पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदानगर्दै आएको छ ।

क्लियर टिभी सुबिसु केबलनेट प्रा. लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवाप्रदायककम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केवल टेलिभिजन सेवा हो जसले एमपिइजीफेर स्टान्डर्ड डेफिनेसन र हाइ डेफिनेसन च्यानल केबल मार्फत कन्डिसनल एसेस सिस्टमको प्रयोग गरि सेटटपबक्स को माध्यमबाट प्रशारण गर्दछ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest