सुर्खेतमा कोरोना संक्रमित महिलाको मृत्यु

Sunday, December 27th, 2020

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा उपचाररत थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं.६, निवासी ८२ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको आइतबार बिहान ८ः४२ बजे बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।अधिकृत कँडेलका अनुसार ज्वरो र सास फेर्नमा कठिनाई भएपछि ती महिलालाई पुस १० गते राति प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

उनको सोही दिन नै प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा कोरोना भाइरस (कोभिड)-१९ं० संक्रमण पुष्टि भएको थियो ।त्यसलगत्तै उनलाई प्रदेश अस्पतालको कोभिड उपचार कक्षमा भर्ना गरिएको थियो । प्रोटोकल अनुसारका सबै विधिबाट उपचार गरिए पनि स्वास्थ्यमा सुधार नभइ उपचारकै क्रममा मृत्यु भएको महाशाखाले जनाएको छ ।

उनको शव व्यवस्थापन गर्न जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र नेपाली सेनाले समन्वय गरिरहेको कँडेलले बताए ।यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि भएपछि मृत्यु हुने व्यक्तिहरुको संख्या २६ पुगेको जनस्वास्थ्य शाखा प्रमुख कँडेलले जानकारी दिए ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest