“सेरोमोनी ब्युटी पार्लर” ले मनायो १६ औँ वार्षिकोत्सव

Wednesday, June 27th, 2018

 

ललितपुर – “सेरेमोनी ब्युटी पार्लर” ले १६ औँ वार्षिकोत्सव मनाएको छ । ललितपुरको जावलाखेलमा रहेको “सेरेमोनी ब्युटी पार्लर”ले १६औ बार्षिकोत्सव मंगलबार मनाएको हो । विगत १६ बर्ष अगाडी “सेरेमोनी ब्युटी पार्लर” कि मालिक मिना रिमाल न्यौपानेले पार्लर संचालनमा ल्याउँदा दीपाश्री निरौलाको हातबाट उद्घाटन गराएकी थिइन र मंगलबार १६ औ बर्षमा पनि उनै दीपाश्रीकै हात बाट केक कटाएर,साम्पियन खोलेर बार्षिकोत्सव मनाइएको छ।दीपाश्री निरौलाले “सेरेमोनी ब्युटी पार्लर”को उत्तर उत्तर प्रगतिको कामना गर्दै मिडिया समक्ष मिना  न्यौपानेलाइ शुभ कामना दिएकी छन् । कार्यक्रममा पूर्व मिस नेपाल उषा खड्गी, नवनारीकी महाप्रबन्धक अनुराधा तिमिल्सीना, कान्तिपुर दैनिक, साप्ताहिक र नारी पत्रिकाका सम्पादक सुबाश ढकाल र अन्य पाहुनाहरुको उपस्थिति थियो ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest