‘सेल्फी किङ’मा विपिनको प्रश्न, ‘हु एम आई ?’

Thursday, December 5th, 2019

काठमाडौं :विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ’को टिजर सार्वजनिक भएको छ।टिजरमा विपिन कार्कीलाई फरक भूमिकामा प्रस्तुत गरिएको छ।

यसमा दुनियाँ हसाउँने हास्य कलाकार कार्कीलाई दुःख भोगाइ गर्ने पात्रको रूपमा प्रस्तुत गरिएको छ। २४ माघमा रिलिज हुने चलचित्रमा विशाल सापकोटाले निर्देशन गरेका हुन्।

चलचित्रमा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोलालगायत कलाकारको अभिनय छ।‘सेल्फी किङ’लाई दिनेश राउत र सुभाष थापाले संयुक्तरूपमा निर्माण गरेका हुन्।

सार्वजनिक गरिएको टिजरमा ‘सेल्फी किङ’लाई निकै दुःख भोग्दै आएको पात्रका रूपमा चित्रण गरिएको छ।दुःखी पात्रको रूपमा चित्रण गरिएका ‘सेल्फी किङ’ले आफैंलाई ‘म को हुरु हुँ एम आई’ भन्दै प्रश्न गरेका छन्।

फरक पात्रको रूपमा प्रस्तुत गरिएका ‘सेल्फी किङ’लाई मनराज्यको राजाको संज्ञा दिइएको छ।१ मिनेट २ सेकेन्डको टिजरमा अभिनेता कार्कीलाई नै महत्त्वका साथ प्रस्तुत गरिएको छ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest