स्मार्ट र आकर्षक देखिन गाउन

Wednesday, July 18th, 2018

पछिल्लो समय गाउन प्रयोग गर्ने युवतीहरूको भिड बढ्दो छ । हरियो, पहेँलो, रातो कलरका लङ गाउनमा युवतीहरू आकर्षित हुने गरेका छन् । किशोरी तथा युवतीहरु विशेषगरी गाउन प्रयोग गर्न रुचाउँछन् । यो ड्रेसले युवतीहरूलाई आकर्षक र स्मार्ट देखाउँछ । पार्टी र विशेष कार्यक्रममा जाँदा गाउनले आकर्षक र स्मार्ट देखाउँछ । गाउन लङ हुने भएकाले अन्य कपडा प्रयोग गर्नु पर्दैन । यो ड्रेस लगाएर हिँड्न सजिलो हुन्छ । लेहेंगा, साडीजस्तो लगाएर हिँड्न गाह्रो हुँदैन ।

पातलो शरीर हुनेहरूलाई यस्ता ड्रेस बढी सुहाउँछ । ५ फिट २ इन्चभन्दा बढी हाइट हुने महिलाहरूलाई पर्फेक्ट देखिन्छ । यो ड्रेस लामो डिजाइनमा तयार पारिएको ड्रेस हो । शारीरिक बनावटअनुसार ड्रेस प्रयोग गर्दा राम्रो देखिन्छ । हरियो, पहेँलो, रातो, रानी कलर, गोल्डेन कलर बढी प्रयोग हुने कलरहरू हुन् ।

गाउन लगाएर जाँदा हेयर स्टाइल, एयर रिङमा विशेष ध्यान दिनुपर्छ । मेकअपमा पनि विशेष ध्यान दिनुपर्छ । मेकअप गर्दा बाटरप्रुफ गर्नुपर्छ । पातलो शरीर छ भने कपालको स्टाइल भने जुरो पारेको राम्रो हुन्छ । अनुहार ठूलो आकारको छ भने कपाल छोडेको राम्रो हुन्छ । नयाँ पत्रिकाबाट

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest