स्याउला लिन गएकी एक महिलाको भीरबाट लडेर मृत्यु

Friday, January 1st, 2021

सुर्खेत :कालिकोटमा स्याउला लिन जंगल गएकी एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिका–३ गोठीका जन बुढाका ३६ वर्षीया श्रीमति गोरीकला बुढाको स्याउल लिन जंगल गएको बेला भीरबाट मृत्यु भएको हो ।

शुक्रबार दिउँसो जंगलमा स्याउला लिन जाँदा भीरबाट लडेर खोलाको पानीमा डुबेर मृत्यु भएको बुढाका जेठाजु वीरेन्द्रबहादुर बुढाले जानकारी दिए ।

बिहान स्याउला लिन जंगल गएकी भाईबुहारी फिर्ता नभएपछि भीरबाट लडेर खोलाको पानीमा डुबेको अवस्थामा गोरीकलालाइ भेटाएको जेठाजु बुढाले बताए ।

इलाका प्रहरी कार्यालय कुमालगाउँका अनुसार भीरबाट लडेर बुढाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest