स्वच्छता मेरो पहिचान, सफाईमा मेरो योगदान भन्ने नारासहित मुलुकभर भव्य कार्यक्रम आयोजना

Thursday, January 31st, 2019

काठमाडौँः सरकारले बागमती नदी सफाई अभियानको तीन सय हप्तालाई भव्य र बिशेष रुपमा मनाउने तयारी थालेको छ । आगामी माघ २६ गते सरसफाई अभियानको तीन सय हप्ताको अवसर पारेर सरकारले स्वच्छता मेरो पहिचान, सफाईमा मेरो योगदान भन्ने नारासहित मुलुकभर सरसफाईको सन्देश दिने गरी भव्य कार्यक्रम आयोजना गर्न लागेको हो ।

तीन सय हप्ता सफाई अभियानको संयोजन शहरी बिकास मन्त्रालयले गरेको छ । अभियानको तयारी गर्न सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको संयोजकत्वमा बिशेष कार्यक्रम मूल समारोह समिति गठन भएको छ । कार्यक्रमलाई थप बिशेष बनाउनका लागि प्रधानमन्त्रीको प्रमुख आथित्यमा कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंहले जानकारी दिएका छन्् । सफाई अभियानलाई सफल बनाउन र देशभर सरसफाईको सन्देश दिन मन्त्रालयको समन्वयमा लगातार तयारी बैठक आयोजना गरिएको पनि सहरी विकास मन्त्री राईले बताएका छन्् ।

सरकारी निकायसँगको समन्वय, अभियान्ता, विभिन्न संघसंस्था, सर्वसाधरण र बिशेष गरी सुरक्षा निकायको महत्वपुर्ण भूमिकाका कारण बागमती सफाई अभिायानले हालसम्म निरन्तरता पाएको भन्दै मन्त्री राईले सरसफाईका लागि जनस्तरमा सचेतना जगाउन पहल अझै पनि आवश्यक रहेको बताए । सहरी बिकास मन्त्रालयका सचिव डा. सिंहले तीन सय हप्ताको सफाई अभियानलाई सफल बनाउन मन्त्रालयले दैनिक जसो सरोकारवाला पक्षसँग छलफल गरिरहेको भन्दै काठमाण्डौ उपत्यका बाहिर पनि सरसफाई अभियानको थालनी गराउन मन्त्रालयले बिशेष पहल गर्ने जनाए । साथै अहिले सम्म निरन्तर रुपमा सरसफाई अभियानमा खटिने सम्पूर्णलाई बिशेष आभार समेत प्रकट गरेका छन्् र आगामी दिनमा पनि यस्तै सहभागिताको अपेक्षा समेत आफुले गरेको बताए ।
सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले तीन सय हप्ताको अवसरमा माघ २६ गते हुन लागेको सफाई अभियानमा अनिवार्य रुपमा उपस्थित हुन मन्त्रालय मातहतका सम्पूर्ण कर्मचारीलाई निर्देशन समेत दिएका छन्् । त्यसका लागि मन्त्रालयले काठमाण्डौ उपत्यका मातहतका सवै निकायमा कार्यरत सबै तहका कर्मचारीलाई अनिवार्य उपस्थित हुन पत्राचार गर्ने तयारी गरेको छ । आफ््नो आफ््नो घरबाट सफाई अभियानमा सहभागी भई सहयोग गर्न समेत मन्त्री राईले सवैलाई अपिल गरेका छन्् ।


२०७० जेठ ५ गतेदेखी शुरु भएको बागमती सफाई अभियानमा हालसम्म १० लाख भन्दा बढी सहभागी भएका छन्् भने दुई हजार संघसंस्थाको प्रतिनिधित्व भएको छ । यो अभियान देशको सबैभन्दा लामो, सेवामूलक र सबैको लोकप्रिय महाअभियानका रुपमा परिचित भएको छ । २०७२ को बिनाशकारी भूकम्पका बेला समेत यो अभियान संचालन भएको थियो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest