हबिब्स बेरिना सलून जावलाखेलमा पनि

Friday, February 23rd, 2018

विष्णु बास्कोटा,
ललितपुर ः हबिब्सले ललितपुरको जावलाखेलमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । हबिब्स हेयर एण्ड ब्यूटि सलुन कम एकेडेमीले विगत १४ वर्ष देखी नेपालमा सेवा दिइरहेको छ । द हाउस अफ हविब्सले भारत तथा अन्य विभिन्न ठाउँमा ३१ वटा शाखाहरु सफलतापूर्वक सञ्चालन गरिरहेको छ । द हाउस अफ हबिब्सले आफ्ना तीन पुस्तामार्फत आफुलाई हेयर स्टाइलिङ तथा व्याक्तित्व हेरचाहको विषयमा समर्पित गर्दै आइरहेको छ ।
ललितपुरका स्थानियलाई सेवा पु¥याउने उद्देश्यले अहिले यो शाखा विस्तार गरेको हो । हबिब्स बेरिना सलूनको आधिकारिक उद्घाटन चलचित्र अभिनेत्री प्रियंका कार्की तथा अभिनेता आयुष्मान देशराज जोशीले गरेका थिए । पत्रकार तथा व्युटिसियनको वाक्लो उपस्थित रहेको कार्यक्रममा मूख्य आकर्षकको रुपमा निलेश पारेखको विशेष हेयर कटिङ् तथा स्टाइलिङ शोकेस रहेको थियो । पारेखले यसअघि लिम्का बुक अफ रेकर्डस तथा एसिया बुक अफ रेकर्ड्समा हेयर कटिङ तथा स्टाइलिङ्मा अनौठो प्रतिभाका लागि नाम लेखाइ सकेका छन भने गिनिज बुक अफ वल्ड रेकडर््सका लागि मनोनित समेत भएका छन् ।
हबिब्स बेरिना सलूनको मूख्य उदेश्य सम्पूर्ण नेपालीलाई ब्युटि एण्ड हेयर स्टाइलिङ् उद्योगको पछिल्लो प्रविधि तथा आविस्कारहरुसंग साक्षत्कार गराउने रहेको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest