हरिवंशको स्वरमा ‘धुलोमाण्डु’ रिलिज

Wednesday, August 22nd, 2018

चक्र प्रसाद पोख्रेल,
काठमाण्डौ : काठमाण्डौका विभिन्न समस्यालाई उठान गर्दै चलचित्र ‘कथा काठमाण्डु’तयार हुदैछ जुन चलचित्रको ‘धुलोमाण्डु’ गीतको भिडियो सार्वजनिक गरिएको छ । असोज १२ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको गीतमा सुरज विक्रम थापाको शब्द तथा संगीत छ । यो गीतमा बुलेट फ्लो र हाँस्य कलाकार हरिवंश आचार्यको स्वर छ ।
लुजा सिंहले छायांकन गरेको चलचित्रमा भरत रेग्मीको सम्पादन, विज्ञान राइको लगानी छ । संगीता श्रेष्ठले यो चलचित्रको लेखन तथा निर्देशन गरेकी छन । यो गीतमा काठमाण्डौको दैनिकीलाई देखाइएको छ । साथमा, चलचित्रका मुख्य कलाकार प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रमोद अग्रहरि, प्रेक्षा अधिकारीलाई फिचरिङ गरिएको छ ।
चलचित्रले काठमाण्डौ भित्रको ३ फरक फरक कथालाई उठान गरेको छ । चलचित्रमा समावेश ‘रातको कुरा’ बोलको गीत भिडियोका कारण चर्चामा छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest