हात्तीको आक्रमणमा परेर दुई महिलाको मृत्यु चार जना घाइते

Wednesday, December 11th, 2019

कैलालीः केहिदिन अघि वर्दिया राष्टिय निकुन्जमा रहेका जंगली जनावरहरु वस्तीमा पसेर मानिसलाई आक्रमण गरेको घटना सेलाउन नपाउदै आज फेर िकञ्चनपुरमा हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएकाछन ।

आज बिहान महाकाली नगरपालिका–२ चाँदनीमा हात्तीको आक्रमणमा परेर गम्भीर घाइते भएका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको हो। मृत्यु भएकामा महाकाली नगरपालिका(२ की ३८ वर्षीया बसन्ती भट्ट र ४० वर्षीया भुलीदेवी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए।

हात्तीको आक्रमणबाट सुनिता विष्ट, सरिता ओझा, ललिता बोहरा र उमा साउँद घाइते भएका छन्। घाईते मध्ये विष्ट र ओझा गम्भीर रहेको पनि प्रहरी उपरीक्षाक आचार्यले बताए । घाइतेहरुको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

विहान साढे ६ बजेतिर महाकाली नगरपालिका–२ स्थित मायापुरी सामुदायिक वनमा घाँस काट्न गएका उनीहरुलाई जंगली हात्तीको बथानले आक्रमण गरेको थियो। आक्रमणबाट घाइते भएकाहरुले हार गुहार गरेपछि स्थानीय र प्रहरीले हात्तीलाई लखेटेका थिए।

उक्त जंगल क्षेत्रमा हात्ती धपाउनक सुरक्षाकर्मी परिचालन गरिएको छ। हरेक वर्ष सो क्षेत्रमा जगंली हात्तीले आतंक मच्चाउने गरेको छ। भारतीय जंगलबाट हात्तीको बथान नेपालतर्फ पसेर धनजनको क्षति गर्दै आइरहेको छ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest