१२ वर्षिया बालिकालाई ७२ वर्षका वृद्धले गरे बलात्कार

Sunday, April 1st, 2018

अनुज सापकोटा
विराटनगर, चैत्र १८ ः बलात्कारका घटना पछील्लो समय अत्याधिक मात्रामा बढदै गइरहेको देखीन्छ ।बालिकालाई बलात्कार गरेर गर्भवती बनाउने ७२ वर्षीय फुदन ऋषिदेव जेल चलान भएका छन् । मोरङको बेलबारी नगरपालिका ९ बस्ने ७२ वर्षीय फुदन ऋषिदेवलाई १२ बर्षिय बालिकालाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा मोरङ अदालतले शुक्रबार पुर्पक्षका लागि जेल चलान गरेको हो ।
स्थानीय एक होटलमा काम गर्दै आएका फुदनले मालिकको भान्जी पर्ने बालिकालाई पैसा दिएर ललाईफकाई बलात्कार गर्दै आएका थिए । कोही नभएको मौकामा एक हजार पाँच सय रुपैयाँ दिएर बलात्कार गर्दै आएको रहस्य बालिका गर्भवती भएपछि खुलेको थियो । बालिका गर्भवती भएको खुलेपछि ईप्रका बेलबारीले किटानी जाहेरीका आधारमा फुदनलाई करणी अरोपमा पक्राउ गरी मोरङ अदालतमा मुद्दा दर्ता गराएको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest