१५ वर्षिया वालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बर्दियाका जिशिअ विरुद्ध मुद्दा

Tuesday, April 24th, 2018

खेमराज जैसी
११ वैशाख, बर्दिया  : बर्दियाका जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत बिहीबार यौन दुर्व्यवहार गरेका छन ।पढाउने बहानामा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै उनीमाथि जबरजस्ती करणी मुद्दा दायर भएको छ । फुपुकोमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत बिहीबार दुर्व्यवहारको सिकार भइकी थिइन् ।
उनकी फुपु सोही कार्यालयका प्रमुखको क्वाटरमा खाना पकाउने काम गर्छिन् । विद्यालय बिदा भएको समयमा फुपुसँग बस्न आएकी बालिकालाई पढाउन भनेर प्रमुख नेपालले पाहुना कोठामा लगेको पीडित बालिकाको आरोप छ ।फुपु खाना पकाउनका लागि भान्सामा गएपछि प्रमुख नेपालले ढोकामा चुक्कुल लगाएर पढाउने बहानामा दुर्व्यवहार गरेको आरोप छ ।
पढाउने बहानामा अंगालो हाल्ने, स्पर्श गर्नेलगायतका क्रियाकलाप गरेर जिशिअ नेपालले बालिकालाई दुरव्यवहार गरेको आरोप छ ।नेपालको खोजी भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । उनका अनुसार नेपालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरिएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest