१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

Sunday, September 30th, 2018

१५ वर्षिय किशोरी माथि सामुहिक बलात्कार भएको छ । डडेल्धुराको भित्री मधेसमा सो घटना घेटेको हो । पशुराम नगरपालिकाकी एक किशोरीलाई स्थानीय २ युवाले बलात्कार गरेको हुन । असोज ९ गते राति अनन्ते मेलाबाट घर आउने क्रममा पशुराम नगरपालिका–४, पोखरी बस्ने अन्दाजी २८ वर्षिय वीरबहादुर बोहरा र सोही नगरपालिका–१०, कुरमुल्लेका अन्दाजी २३ वर्षिय शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आरोपीमध्ये बोहरालाई प्रहरीले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गरिसकेको छ भने जोशी फरार छन् । घटना ९ गते रातिको भए पनि किशोरीले घरपरिवारलाई ढिलो बताएकाले ३ दिनपछि शुक्रबार मात्र प्रहरीमा जाहेरी आएको थियो ।पक्राउ परेका बोहरामाथि थप अनुसन्धान गर्न जिल्ला अदालत, डडेल्धुराले १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest