१७ औँ ‘तीज महोत्सव’ भृकुटिमण्डपमा आयोजना हुने

Wednesday, August 15th, 2018

काठमाडौं :  – हामी सबै श्रीजनशिल महिलाको एउटै नारा, सिप सिकौ, उधम गरौ, आत्मनिर्भर बनौ सारा भन्ने मूल नाराका साथ काठमाडौंको भृकुटिमण्डपमा १७औँ तीज महोत्सव आयोजना हुने भएको छ। बुधबार नेपाल उद्योग वाणीज्य संघ टेकुमा एक पत्रकार सम्मेलन गरी आयोजकले उक्त महोत्सव हुन लागेको जानकारी गराएको छ। महिला सिर्जनशिल केन्द्रको आयोजना तथा र इभेन्ट संसार डट कमको व्यवस्थापनमा ‘बृहत तीज व्यपार मेला’को आयोजना हुन लागेको हो।
सन्२००२ बाट महिला सिर्जनशिलता र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उदेश्यले सुरु भएको महोत्सव यसपटक पनि भृकुटिमण्डपको प्रदर्शनी हलमा हुने छ।यस पटकको महोत्सवमा २ सयभन्दा बढी स्टल रहने छन ।त्यसैगरी महोत्सवमा सहभागी उत्कृष्ट ५ व्यवसायीहलाई महिला सिर्जना र उद्यमशिलतालाई प्रोत्साहन गर्न आयोजकका तर्फबाट अवार्ड समेत प्रदान गरिने आयोजकले जनाएको छ। महोत्सवमा अवलोकन कर्ताहरुका लागि निशुल्क फोटो सुट, मेहन्दि आर्ट तथा निशुल्क हेयर कटिङ्गको व्यवस्था गरिनुका साथै निशुल्क स्वास्थ्य शिविरको समेत व्यवस्था गर्ने आयोजकको तयारी छ।
भदौ ७ गतेबाट १० गते सम्म सञ्चालन हुने यस महोत्सवमा १० बढी स्टलहरु असाहाय, अशक्त, अपाङ्ग र ग्रामिण क्षेत्र तथा पिछडिएका महिलाहरुलाई प्रदान गरिने छ। त्यस्तै कार्यक्रमबाट प्राप्त आम्दानीको ५० प्रतिशत रकम सामाजिक संस्थालाई प्रदान गर्ने र दुरदराज वा बिरामी महिलाहरुका लागि उपचार खर्च प्रदान गरिने छ।महोत्सव महिला, बालबालिका तथा जेष्ठ नागरीक मन्त्री थममाया थापाद्धारा उद्घाटन हुने छ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest