१८ वर्षीय प्रेमीले गरे १४ वर्षिया प्रेमिकाको हत्या

Thursday, April 19th, 2018

धनु गिरी ,
बुटवल ःरुपन्देहीको ओमसतिया गाउँपालिका वडा नं ६ मा १४ वर्षीया एक किशोरीको हत्या उनकै प्रेमीले गरेका छन ।
बैशाख ३ गते घरबाट बेपत्ता भएकी ओमसतिया गाउँपालिका वडा नं ६ की १४ वर्षीया सरस्वती हरिजन बैशाख ४ गते घरदेखि १ किलोमिटर टाढा मृत भेटिएकी थिइन । उनको शव स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय धकधईलाईमा खबर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेको नेतृत्वमा अनुसन्धान गरिरहेको छ ।
प्रहरी अनुसन्धानमा किशोरीको हत्या ओमसतिया गाउँपालिका वडा नं ६ बस्ने उनका प्रेमी १८ वर्षीय प्रेम सागर केवटले गरेको खुलेको छ । बिहिबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रहरीले केवट र हरिजनवीच प्रेम सम्बन्ध रहेको र दुई जनामा कुरा नमिल्दा किशोरीको हत्या भएको जनाएको छ । राती ९ बजे किशोरी शौचालय जान भन्दै प्रेमीलाई भेट्न पुगेकी थिइन ।अनुसन्धान अधिकृत डिएसपी डिल्ली नारायण पाण्डेलका अनुसार किशोरीले घर नफर्कने भन्दै केवटलाई आफुलाई भगाएर लैजान भनेपछि दुवै जनामा विवाद भएको थियो । उनीहरुबीच विवाद बढ्दै गएपछि हरिजनकोे घाटी थिचि हत्या गरेको प्रहरीको केवटले प्रहरीलाई बयान दिएका छन ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest