२०७४ का सुपरहिट गीत

Sunday, April 22nd, 2018

 

गीत संगीतमा रम्न र झुम्न कस्लाई मनपर्दैन र । तर मानिसहरुको आफ्नै रोजाइ हुन्छ । कुनै गीतका शब्द भावानामा डुबेर लेखिएका हुन्छन् । कतिपय गीत संगीतले जीवनलाई नजिकैबाट नियाल्न खोजेको हुन्छ त कुनै रमाइलो महशुस गराउने खालका ह्ुन्छन् । गीत संगीतले मनोरन्जनमात्र दि“दैन । कुनैले सन्देश दिन खोजेको हुन्छ त कुनै गीतले सहानुभूति। यी र यस्तै गीतलाई श्रोताले कतिको मनमा राख्छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । यस वर्ष श्रोताको मनमा वस्न सफल केहि गीत हामीले यहाँ प्रस्तुत गरेका छौ ।
              

 चरी चट्ट परी
कान्छी

राजनराज शिवाकोटीको शब्द तथा संगीतमा रहेको चरी चट्ट परी भुरुरु गीत पनि श्रोता तथा दर्शकले अत्याधिक मनपराएका छन् । गीतले करिब २ करोड यूटयुवमा भियुज कमाउन सफल भएको
छ । राजनराज शिवाकोटी र अन्जु पन्तको स्वरमा रहेको गीतको एरेन्ज राजन इसानले गरेका
थिए । सधंै हीट गीत दिन सफल शिवाकोटी र सुमधुर स्वरकी धनी पन्तको स्वरलाई दर्शक र
श्रोताले अत्याधिक रुचाएका छन् ।

 

नसोध मलाई
मेलिना राई

नसोध मलाई आफन्तहरु मेरो सानो कथा छ, खुशि छु की दुःखी मेरो सानो व्याथा छ.., बोलको गीत यो बर्ष निकै चर्चामा रहयो । यो गीतलाई नवनारी टिभिले युट्युबमा राखेको छ । युट्युबमा भ्यूज भन्दा पनि रेडियो टेलिभिजनमा धेरै भन्दा धेरै बजेकोले चर्चित हुन पुग्यो यो गीत । गीतकार लतिका श्रेष्ठको शब्द अनि चर्र्चित संगीतकार तथा गायक बिनोद पछाईको संगीतमा रहेको यो गीतमा गायिका मेलिना राईले स्वर दिएकी छन् । भिडियोमा अभिनय गीतकार स्वमंले गरेकी छन् भने भिडियो निर्दैशन अर्जुन अधिकारीले गरेका हुन् ।

 

 

पर्ख पर्ख मायालु
मंगलम्

छविराज ओझाको निर्माणमा चलचित्र मंगलमको पर्ख पर्ख मायालु बोलको गीतलाई पनि श्रोताले अपार माया दिएका थिए । दीपक शर्माको शब्द तथा संगीतमा रहेको यो गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर रहेको छ । सार्वजनिक भएको करिब ७ महिनामा करिब १ करोड भ्युज पाएकोे गीतलाई बच्चादेखि वृद्धसम्मले मनपराएका छन् । यो गीत लोक लयमा तयार पारिएको छ ।

 

 

 

 

किनिदेउ न साइला दाई,
ए मेरो हजुर २

बसन्त सापकोटाको शब्द तथा संगीत रहेको गीतमा चर्चित पाश्व गायिका साधना सरगमको स्वर रहेको छ । ए मेरो हजुर २ मा समावेश यो गीतलाई लोक प्याटनको गीतका रुपमा प्रस्तुत गरिएको छ । हराउँदै गएको नेपाली लोक तथा नेपाली परम्पराको विषयमा तयार पारिएको गीतले श्रोताको राम्रो साथ पाएको थियो । अभिनेत्री झरना थापा निर्देशित चलचित्र ए मेरो हजुर दुइमा समावेश गरिएको यो गीतलाई वच्चा देखि वृद्धसम्मले मन पराएका छन् । गायिका सरगमको स्वरमा रहेको गीतलाई दर्शकले युटयूबमार्फत करिब २ करोड पटक हेरेका थिए ।

 

रुपै मोहनी
सत्रुगते

हास्यकलाकार किरण केसीले निर्माण गरेको चलचित्रमा समावेश गीत पिरतीको वर्कोले दर्शक र श्रोतालाई मनमुग्ध बनाउन सफल भएको छ । अर्जुन भट्राइको शब्द, कालिप्रसाद बास्कोटाको संगीत तथा कालिप्रसाद बास्कोटाको स्वर रहेको छ गीतमा । हास्यचलचित्र शत्रुगतेमा समावेश यो गीतलाई श्रोताले छोटो समयमै धेरै माया दिएका छन् । लोक शैलीमा रहेको यो गीतले थोरै समयमै युटुबमा करोड भ्युज पाएको हो ।

 

 

कुटुमा कुटु सुपारी दाना,
२ रुपिया“

नेपाली हास्यचलचित्र २ रुपियाँमा समावेश गीत कुटुमा कुटु सुपारी दाना श्रोताको अधिक रोजाइमा परेको गीतका रुपमा चर्चा पाएको छ । संगीतकार राजनराज शिवाकोटीको शब्द तथा संगीतमा तयार भएको कुटुमा कुटु सुपारी दाना बोलको गीत यस वर्ष सर्वाधिक रुचाएको गीतको सूचिमा परेको छ । सिवाकोटीको शव्द तथा संगीतमा तयार पारिएको गीतमा गायिका मेलिना राई,राजनराज र राजन इसानको आवाज रहेको छ । गीतलाई नेपाली चलचित्र २ रुपियाँमा समावेश गरिएको थियो । हाइलाइट्स नेपालले बजारमा ल्याएको गीतले युटयुवमार्फत २ करोड पटक हेरिएको थियो ।

 

तिमी रोएको पल तिमीलाई
ऐश्र्वय

बुढा सुब्बा म्युजिक प्रालिले बजारमा ल्याएको गीत तिमी रोएको पल तिमीलाई हसाउन नसकुला, श्रोताको मनमा आफ्नो ठाउँ ओगोट्न सफल भएको छ । सुगम पोखरेल र अन्जु पन्तको स्वरमा रहेको गीत अर्जुन पोखरेलको शब्द तथा संगित रहेको छ । चलचित्र ऐश्र्वयमा समावेश उक्त गीतलाई दर्शकले सुमधुर गीत रहेको
समेत बताउँदै आएका छन् । श्रोताले धेरै मनपराएको गीत तिमी रोएको पल तिमीलाई बोलको गीत युट्युवमा ३ करोडभन्दा बढी पटक
हेरिएको छ ।

 

 

ए दाजु नसमाउ नारीमा
छक्का पन्जा २

चलचित्र छक्का पन्जा २ मा समावेश गीत ए दाजु नसमाउ नारीमा वोलको गीतले श्रोता पाउन कुनै मुस्किलनै परेन । लोक दोहारी शैलीमा
रहेको गीत ए दाजु नसमाउ नारीमा विवादबीच पनि सफल रहन पुग्यो । हास्य कलाकार
दीपकराज गिरी र प्रिन्स नेपालीको शब्द र अल्मोडा राणा उप्रेती र सुजता बर्माको स्वरमा रहेको गीतको रचनाकार प्रिन्स र दीपकराज गिरी नै हुन् भने गीतमा राणाले नै संगीत भरेका छन् । शब्द चोरी गरेको आरोप खेपिरहेको गीत त्यसकारण पनि बढी चर्चित बन्यो ।

 

आइएम सरी
फाटेको जुत्ता

आइएम भेरी सरी गीतलाई दर्शकले अधिक माया दिएका छन् । प्रवेश मल्लिकको स्वर, शब्द तथा संगीत रहेको यो गीतले रिलिज गरिएको ५ महिनामै एक करोडभन्दा बढी भ्यूज पाएको छ भने ५१ ह्जारले लाईक गरेका छन् । निकेश
खड्का निर्देशित चलचित्र फाटेको जुत्तामा
समावेश गीतले विशेष त युवाहरुको मन जित्न सफल भएको छ । युवावर्गको प्रेम सम्बन्धलाई लक्षित गरेर रचना गरिएको गीतलाई श्रोताले
धेरै सुनेर साथ दिएका छन् भने युट्युवमार्फत
हेरेर पनि साथ दिएमा छन् ।

 

जाउला रेलैमा
कमल खत्री

नेपाली रकस्टार कमल खत्रीको शब्द संगीत तथा स्वर रहेको गीत जाउला रेलैमा ले पनि अत्याधिक श्रोता पाएको छ । आत्मामा गीतबाट हीट भएका खत्रीका अधिकांस गीत दर्शकको रोजाइमा पर्ने
गरेका छन् । युवा वर्गको मनमा बस्न सफल
रहेका खत्रीले यो गीतलाई युट्युव च्यानलमार्फत सार्वजनिक गरेका थिए । सधैं पप गीत रचना तथा गायनमा अघि बढेका खत्रीले लोक शैलीको गीत गाएको पहिलोपटक हो । यो गीतले कान्तिपुर म्यूजिक अवार्डसमेत पाउन सफल भएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest