२०७४ लाई फर्केर हेर्दा

Thursday, April 19th, 2018

 

कमल खत्री, गायक

समग्रमा मेरा लागि २०७४ एकदमै सुखद रह्यो । युरोप तथा अमेरिकाजस्ता धेरै देश र नेपालका पनि धेरै ठाउँमा सांगीतिक यात्रहरु गर्न पाइयो । गीत पनि हिट नै भए । साथै आफ्नै शब्द तथा स्वरमा रहेको गीत जाउँला रैलै मा ले कान्तिपुर म्यूजिक अवार्ड जित्न सफल भयो । नेपालमा रहेका नेपालीको मन मुटुमा मात्र नरहेर विदेशमा रहेका नेपाली दाजुभाइको मन मस्तिष्कमा रहनुलाई नै यो बर्षको सबैभन्दा ठूलो उपलब्धीका रुपमा लिएको छु । समग्रमा २०७४ साल आर्थिक, सांगीतिकरुपमा मजबुत रह्यो ।

 

शितल अधिकारी, भ्यालेनसिनो वाइन मार्केटिङ अफिसर

समग्रमा यो वर्ष सुखद दुःखद दुवै रह्यो, अर्थात मिश्रित वर्ष रह्यो मेरा लागि । सोच्दै नसोचेको दुःखद घटना पनि घट्यो । अर्थिक सामाजिक र पारिवारिक सवै प्रकारले समान्य रह्यो यो वर्ष । तर आर्थिकरुपमा भने खासै उतार चढाव नआएकाले सुखद नै रह्यो भन्दा पनि हुन्छ । यो वर्ष विशेष पनि रह्यो, कारण मेलै नयाँ सन्तानका रुपमा बच्चालाई जन्म दिएँ । खासमा म मेरो पक्षबाट यो वर्र्षलाई विशेषरुपमा सम्झने छु ।

 

 

केकी अधिकारी, अभिनेत्री

२०७४ साल खासमा नयाँ कामको सुरुवात गर्ने र नयाँ काम सिक्ने वर्षकारुपमा लिएकी छु । यो वर्ष विशेष त ५ महिना धेरै व्यस्त रहेँ । अर्थात फिल्म निमार्णमा व्यस्त रहेँ । नयाँ वर्षकै दिन रिलिज हुने कोहोलपुर एक्सप्रेसको निर्माण, पोष्ट प्रोड्क्सन जस्ता काममा व्यस्त भएको यो वर्ष धेरै देशमा घुम्ने अवसर पनि मिल्यो । वास्तवमा अन्य वर्षभन्दा मेरा लागि यो वर्ष महत्वपूर्ण
रह्यो । यस कारण पनि महत्वपूर्ण रह्यो कि आफ्नै लगानीमा फिल्म निर्माण गर्न सफल भएँ । त्यसैले अन्य वर्षभन्दा आर्थिकरुपमा पनि सबल नै रह्यो यो वर्ष ।

 

 

कुमार कट्टेल, भद्रगोल

विशेष त विशेष कामभन्दा पनि भद्रगोल टेलिसिरियललाई नै अघि बढाइरहेका छौं । अघिल्लो सालभन्दा अझ बढी सुखद भयो २०७४ मेरा लागि । सिरियल सँग सँगै फिल्म यात्रा पनि यसै सालमा सुरु गरेका छांै । फिल्म फनफनीको आधाभन्दा बढी काम यही सालमा सकियो । सवैभन्दा गरिमामय कुरा के रह्यो भने राष्ट्रिय क्रिकेट स्टेडियमका लागि अभियान्ता बनेर काम अघि बढाउन पाइयो । यसलाई यो वर्षको उपलब्धिका रुपमा लिएको छु । समग्रका सुखद रहेको यो वर्ष आर्थिकरुपमा भने ठिकै मात्र रह्यो ।

 

 

रिना बलामी,
मिडिया म्यानेजर, अभानी एड्भटाईजीङ्

विगतका कयौं वर्षदेखि मैले निरन्तर र विभिन्नरुपमा आफनो प्रवीणता र अनुभवको विकास गर्ने प्रयास गरेकी छु । क्लाइन्ट र आफना सहकर्मीसँग काम गर्दा आफूलाई हिजोभन्दा आज अलि बढी अनुभवी भएको आभास मिलेको छ । विगतका केही गल्तीबाट सिक्दैं आज त्यही गल्तीलाई भविश्यमा दोहोरिन नदिन म सक्षम भएकी छु । आफ्नो कामप्रति इमान्दार र अझ बढी लगनशील भएकी छु । सुरुवातका दिनमा कठिन परिस्थितिमा आत्तिने म आज यस्ता परिस्थितिलाई सुझ–बुझसाथ सुल्झाउने प्रयास गर्छु । यी सवै कुराहरु मलाईं मैले समेटेका अनुभवले सिकाएको हो ।
सफलताको कुनै सर्ट कर्ट हुँदैन, सफलता प्राप्तिका लागि मेहेनत त गर्नैपर्छ भन्ने कुरा यही २०७४ बाट मैले सिक्ने अवसर पाएँ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest