२०७५ वार्षिक राशीफल

Sunday, April 15th, 2018

 

मेष :यो बर्ष मध्यम फलबाट प्रभावित हुनु पर्नेछ । आर्थिक पक्षमा सुधार भएता पनि मनमा सन्तोष देखिदैन शैक्षिक पक्षमा तिब्रता बृद्घि संगै बैदेशिक क्षेत्रबाट पनि लाभ हुनेछ । अनावश्यक कामकाजका लागी यात्रा धेरै हुनेछ, साथी भाईको सहयोग प्राप्त हुनेछ, नयाँ व्यवसायको प्रारम्भ हुन परिश्रम धेरै गर्नु पर्नेछ । आँखा पेट सम्बन्धी समस्याले सताउन सक्छ भने धर्मकर्ममा राम्रै प्रभाव पर्नेछ, सवारी दुर्घटनाको योग भएको हुँदा कालीमाताको बेला बेलामा पुजा गर्नुका साथै ॐ चामुण्डायै नम ः मन्त्र जप तथा २ अकं शुभ र पश्चिम दिशा शुभ रहेकोछ । शुभ महिना असार, आश्विन माघ महिना राम्रो रहेको छ ।

वृष :बर्षको सुरुवात संगै केहि महत्वपुर्ण कार्यहरुमा प्रभाव पर्नुका साथै अढैया शनिका कारण शरिरमा केहि कष्ट पर्नेछ । आर्थिक पक्षमा ऋणको बृद्घि तथा पारिवारिक सहयोगबाट नै प्रगति हुनेछ । रिसलाई नियन्त्रण गर्न नसक्दा साथीभाई तथा व्यापारमा बाधा आउने छ, बैदेशिक कार्यक्षेत्रमा भने मध्यम रहनुका साथै सन्तानको प्रगतिले मनमा शान्ति हुनेछ । शनिदेवको बिषेश पुजापाठ ब्रर्त साधना गर्दा आर्थिक सुधार एवं शत्रुमाथी विजय प्राप्त हुनेछ । राजनैतिक क्षेत्रमा भने तठस्थ रहनुमा नै उचित देखिन्छ । शुभ अकं ३ सेतो रगं, दक्षिण, पश्चिम दिशा शुभ तथा ॐ शं शनिश्चराय मन्त्र दैनिक जप गर्दा राम्रो हुनेछ । शुभ महिना असार, आश्विन महिना शुभ रहेको छ ।

मिथुन  :यो बर्ष आर्थिक पक्षबाट राम्रो हुनेछ । परिवारमा मांगलिक कार्यहरु हुनुका साथै शिक्षा तथा रोजगारिका क्षेत्रमा सामान्य देखिन्छ, व्यापार व्यवसायमा परिश्रम धेरै गर्नुका साथै सवारी साधन जग्गाजमिनको कारोवारमा फाईदा हुनेछ । वैदेशिक यात्राका लागी भने कष्टपरक हुनेछ । प्रेम प्रसंगमा भने धोखा हुने सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या हुँदा हुँदैपनि जिम्मेवारीका कामहरु प्रसस्त हुनेछन् । जागिरमा केहि सुधार तथा सरकारी क्षेत्रमा भने राम्रो रहेको छ । शुभ मन्त्र ॐ दामोदराय नमः पुर्व दिशा शुभ रहेको छ । हरियो रंग ३ अकं शुभ तथा बैशाख, भाद्र फाल्गुन महिना शुभ रहेको छ ।

 तुला  :धेरै दौड्धुपका काम काज भएता पनि आर्थिक रुपमा सबल बन्न समय लाग्नेछ । बोलिमा विचार पुराउनुहोला, विरोधीहरु सक्रिय हुनेछन् । सांस्कृतिक कार्यमा सहभागी हुनुपर्ला । परिवारको कारण मानप्रतिष्ठामा आँच आउने छ । पशुचौपायबाट लाभ मिल्नेछ । सन्तानको कारण पिर चिन्ताले स्वास्थ्यमा समस्या आउन सक्छ । जागिरमा असन्तुष्टि मिल्ने छ । शैक्षिक प्रगति तथा ससुरालीबाट नराम्रो हुनेछ । उचित निर्णयका कारण कार्यमा सफलता मिल्नेछ । श्रावण भाद्र र फागुन महिना शुभ रहेकोछ । यो बर्षका लागी शुभअकं, ९ पंहेलो रगं ंर पश्चिम दिशा शुभरहेको छ । भने ॐ की्रं, की्रं की्रं स्वाहा मन्त्र जप तथा कालो कपडा दान गर्दा शुभ हुनेछ ।

 कर्कट  :यो बर्ष राम्रो रहेको छ । सरकारी जागिरमा उच्चपद प्रतिष्ठा मिल्नेछ । राम्रो बोलीका कारण समाजमा जिम्मेवारीका कामहरु प्रसस्त हुनेछ । सभा सेमिनार तथा यात्रा गर्ने अवसर मिल्नेछ । सन्तानहरुको कारण आर्थिक कष्ट तथा छरमिछेकी संग विवाद हुनेछ । कृषिकार्यबाट लाभ मिल्नेछ भने सौन्दर्यका क्षेत्रमा र कालकारीतामा लागेका व्याक्तिका लागी भने समय उत्तम रहेको छ । दाम्पत्य जीवनमा पिडाआउन सक्छ भने सवारी साधनबाट होसियार एवं यात्रा गर्दा ध्यान दिनुहोला समानचोरी हुने योग रहेको छ । दाजुभाईको सहयोगमा कामहरु सम्पन्न हुनेछन् । शत्रु धेरै हुने हुँदा होसियारीमा हिड्डुल गर्नुहोला, शुभ अकं ३ हरियो रंग, पश्चिम, उत्तर दिशा शुभ रहेको छ भने ॐ माधवाय नमः मन्त्र जप तथा निलो बस्त्र दान गर्दा शुभ रहेकोछ । बैशाख, जेष्ठ आश्विन महिना शुभ मानिन्छ ।

 सिंह  :यो सालको ग्रह अवस्थालाई बिचार गर्दा समय उत्तम रहेको छ । सन्तान प्राप्ती तथा घरपरिवारका काम काजले व्यस्त बनाउने छ, उच्चपदप्राप्ती तथा राजनैतिक कुराकानीमा व्यस्त हुनुपर्ला, स्वास्थ्य समस्यले गर्दा महत्वपुर्ण कामकाजमा अरुले अग्रता लिने देखिन्छ । मनमा बिनाकारण रिस तथा उत्तेजनाहरु हुनेछन् । बैदेशिक काम काजमा ढिला सुस्ती तथा परिश्रम गरे अनुसार सफलता मिल्न समय लाग्नेछ । दाजुभाईको कारण पैत्रिक सम्पत्तिमा बिवाद आउन सक्छ । यात्रा लाभदायिक भन्दा पनि मनोरञ्जन युक्त हुनेछ । पशुचौपायबाट हानी तथा फेसन तथा शिपयुक्त कामहरुबाट लाभ मिल्नेछ । शुभ अकं २ पुर्व दिशा, खरानी रगं र ॐ गोविन्दाय नमः मन्त्र जप गर्दा शुभ रहेको छ । असार, कार्तिक, माघ महिना शुभ रहेकोछ ।
कन्या  :यो बर्ष हरेक दृष्टिले राम्रो रहेको छ । शिक्षामा प्रगति तथा बैदेशिक यात्राको योग रहेको छ । खर्चमा तिव्रता भएता पनि आर्थिक उन्नति हुनेछ । दाजुभाई तथा ससुरालीको तर्फबाट पनि सहयोग मिल्नेछ । सवारी साधन, जग्गा जमिनको कारोबारमा सामान्य हुनेछ । व्यापार व्यावसायमा एवं संगीतको क्षेत्रमा पनि राम्रो रहेको छ । सामाजिक काम गर्दा बिचार पुराउनुहोला, स्वास्थ्यमा भने समस्या तथा बिपरित लिङ्गीको आकर्षण बढेर जान सक्नुका साथै जागिरमा भने बिवाद आउन सक्छ । सन्तान प्राप्तीको योग रहेको छ । शुभ अंक १ रातो रगं पुर्व दिशा शुभ तथा ॐ वामदेवाय नमः मन्त्र जप तथा पंहेलो बस्त्र दान गर्दा शुभ हुनेछ ।

मकर  :साढेसातीको कारण धनजनको क्षति हुने हुँदा सजक रहनुहोला, झुट्टा आरोप तथा सर समान चोरी हुन सक्छ । सिर्जनात्मक कामहरु तथा मानसम्मान मिल्ने योग रहेको छ । नयाँ व्यावसाय तथा राजनैतिक क्षेत्रमा सहभागी धेरै हुनुपर्ला, बर्षौ देखि रोकिएको कामहरु बन्नेछन्, धार्मिक यात्रा तथा बैदेशिक काम कारोवारमा फाईदा मिल्ने छ, आमाबुवा संग सम्बन्ध राम्रो तथा सन्तानको योग हुनुका साथै आर्थिक स्थितिमा सुधार आउनेछ, प्रेमप्रसंगमा राम्रो रहेको छ । यो बर्षको लागी शुभ अकं ८, रातो रंग उत्तर दिशा शुभ तथा ॐ विश्वरुपाय नमः मन्त्र जप तथा अन्न दान गर्दा शुभ हुनेछ ।

वृश्चिक  :यो बर्ष भरि बिचार पु¥याएर काम कारोबार तथा यात्रा गर्नु होला बिनाकारण दुःखहरु आउनेछन् । शिक्षाको क्षेत्रमा भने प्रगति तथा जागिर प्राप्तिको योग रहेको छ । घरपरिवारबाट सहयोग मिल्नेछ । सन्तानको कारण सामाजिक क्षेत्रमा भने सम्मान मिल्नेछ । सामान्य कुराकानीमा पनि विबाद आउन सक्छ । कृषिको क्षेत्रमा नोक्सानी तथा व्यापारमा प्रगति मिल्नेछ । प्रेम प्रस्ताव तथा साथीभाईको सहयोगले कामहरु सम्पन्न हुनेछन् । बेला बेलामा रिस तथा शंका गर्ने बानीको कारण दाम्पत्य जिवनमा तनाव आउन सक्छ । दुर्घटनाको योग भएको कारण काली माताको पुजा गर्नुहोला, शुभ अंक ६ हरियो रंग, दक्षिण दिशा शुभ तथा ॐ नम शिवाय नमः मन्त्र जप गर्दा शुभ रहेकोछ ।
धनु  :यो बर्षको समय महत्वपुर्ण तथा जिम्मेवारीका कामहरु प्रसस्त आउन सक्छ, सन्तान प्राप्ती तथा बैदेशिक काम काजबाट फाईदा मिल्नेछ । पुर्ण साढेसातीको कारण स्वास्थ्यमा समस्या आउन सक्छ भने लेनदेनका कारोबारमा होसियारी हुनुहोला शत्रुमाथि बिजय मिल्नेछ । जग्गा जमिनमा फाइदा भएता पनि आर्थिक हिनामिना हुनेछ । मित्रहरुले प्रलोभन देखाउदै खर्च गराउने छन् । धार्मिककार्यमा व्यस्त हुनुपर्ला । मावली तथा ससुराली क्षेत्रबाट जसमिल्ने छैन् । बैशाख, भदौ, चैत्र महिनामा आर्थिक प्रगति हुनेछ । शुभ अकं ७ सेतो रंग पश्चिम दिशा शुभ तथा चिनी दान गर्दा राम्रो छ ।

कुम्भ  :यो बर्षमा शैक्षिक पक्षमा सुधार हुनेछ । बेला बेलामा रोग व्याधीले सताउने योग रहेको छ । जागिर तथा व्यावसायमा लाभ मिल्नेछ । सन्तान तथा परिवारमा मेलमिलाप हुनुका साथै शत्रुले समस्या ल्याउनेछन्, मनमा अनावश्यक चिन्ताहुनेछ । साथीभाईहरुबाट धोका हुनसक्छ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नुकासाथै सरकारी कामकारोबारमा फाइदा हुनेछ । नयाँ व्यवसायको शुरुवात हुनुका साथै सवारी साधन किनबेचको सम्भावना रहेको छ । अकं ६, ९ शुभ रगं हरियो दक्षिण दिशाशुभ ॐ विष्णुवल्लभाय नमः मन्त्र जप गर्दा शुभ तथा बुट्टे बस्त्र दान गर्दा राम्रो हुनेछ । असार, माघ, चैत्र महिना शुभ रहेको छ।
मीन :जिम्मेवारीका कामहरु प्रसस्त आएता पनि आर्थिक अभाव आउन सक्छ । अध्यान अध्यापनमा बिषेश ध्यान दिनुहोला । भोजभतेरमा सहभागी हुनुकासाथै विनाकारण शत्रुहरु हुने छन्, बोलिको प्रभाव हु्नुका साथै शैक्षिक क्षेत्रमा अवरोध एवं रमाइलो यात्रा हुनसक्छ, काला साहित्यको क्षेत्रमा भने प्रगती रहेको छ । सन्तान सुखमिल्ने योग रहेको छ । साथीभाईहरु सँग होसियार हुनुहोला कुराकाट्ने सक्रिय हुनेछन् । दैनिक कामकाजमा रोकावट आउन सक्छ भने आकस्मिक लाभ मिल्नेछ । शुभ अकं १, ३ रातो, पुर्वदिशा शुभ ॐ भैरवाय नमः मन्त्र जप तथा कुकुरलाई भोजन गराउदा राम्रो हुनेछ । बैशाख, असार, मंसिर महिना शुभ रहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest