सञ्जु श्रेष्ठ ,
बैशाख १३, मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा २८ महिने बालिकाको बलात्कार भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङमा परेको उजुरी अनुसार ६८ वर्षीय लालप्रसाद शेरचनले नाबालिकालाई बलात्कार गरेका हुन्। बालिकाको घरमा गइरहने शेरचनले गएको शनिवार बालिकाको बुबा र आमा घरमा नभएको मौका छोपी बालिकालाई जबरजस्ती करणी गरेको मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताए। आफू घरबाहिर दाउरा चिर्दै गर्दा शेरचनले बालिकालाई काखमा खेलाइरहेको बालिकाकी आमाले बताएकी छिन्। एक्कासी बालिका रोएको आवाज सुनेर घरभित्र पस्दा शेरचनले करणी गर्दै गरेको दृष्य देखेको उनले बताइन्। लगत्तै शेरचन त्यहाँबाट भागेका थिए। बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालय लेतेलाई मौखिक जानकारी गराएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए।