५ जना अभिनेत्री जसले पहिलो चलचित्रबाट सफलता हात पारे

Tuesday, April 17th, 2018

चक्र प्रसाद पोख्रेल
काठमाण्डौ ः पछील्लो समय नेपालमा थुप्रै चलचित्रहरु पर्दशनमा आउने गरेका छन ।यसरी पर्दशनमा आउने चलचित्रहरु केहिले मात्र शफलता हात पार्दछन ।कुनै कुनै चलचित्रले खासै राम्रो व्यापार नगरेतापनि चलचित्रमा अभिनय गर्ने कलाकारले भने सफलता हात पारेका हुन्छन ।आज हामिले डेब्यु चलचित्रबाट चर्चा पाउन सफल ५ अभिनेत्रीलाई याहा प्रश्तुत गरेका छौ ।

अदीति बुढाथोकी
अदीति ‘कृ’बाट डेब्यु गरेकी हुन् । नेपालसँगै बलिउड मिडियामा समेत चर्चाको विषय बनेकी उनी अभिनयका कारणले पनि चर्चामा रहन सफल भइन् । ‘कृ’ले भनेजस्तो व्यवसाय गर्न नसके पनि उनको अभिनयमा डेब्यु भने सम्झनलायक भयो । बलिउडबाट कलिउडमा भित्रिएकी उनी अहिले कुनै चलचित्रमा पनि अनुबन्धित भएकी छैनन् ।

 

 

सारा सिर्पाली
सिनेमा ‘रुद्र’बाट डेब्यु गरेकी साराको यो वर्ष अर्काे चलचित्र ‘पिँजडा ब्याक अगेन’ पनि रिलिज भयो । दुवै चलचित्रमा उनी निखिल उप्रेतीको जोडी बनेकी थिइन् । उनका दुवै चलचित्र बक्स अफिसमा नराम्रोसँग पछारियो । तर अभिनयका कारणले भने उनले धेरै चर्चा बटुलिन् । दुवै चलचित्र मन नपराउने दर्शक तथा समीक्षकले समेत उनको अभिनयको तारिफ गरे ।

 

 

 

 

 

दीपिका प्रसाईं
चलचित्र ‘ऐश्वर्य’ ’बाट डेब्यु गरेकी अभिनेत्री दीपिका पनि चर्चामामात्र आइन ।अभिनय र सुन्दरता दुवै कारणले चर्चामा रहेकी उनको चलचित्र ‘ऐश्वर्या’ले लगानी भने सुरक्षित गर्न सफल भयो ।

 

 

 

 

 

जसिता गुरुङ
प्रदर्शनरत चलचित्र ‘लिलिबिली’की अभिनेत्री हुन् जसिता । जसिता चलचित्र प्रदर्शनपछि भन्दा अगाडि नै धेरै चर्चामा रहिन् । चलचित्र निर्माण घोषणा गरेदेखि नै चर्चा कमाउन सफल उनी पनि प्रदीप खड्काको जोडी बनेको कारण चर्चाको विषय बनिन् । चलचित्रको प्रचारका लागि सार्वजनिक गीत र ट्रेलरबाट समेत धेरै चर्चा कमाएकी यी अभिनेत्रीको सुन्दरता अर्काे चर्चाको विषय बन्यो । गत शुक्रबारबाट चलचित्र प्रदर्शनमा आएपछि पनि उनी अभिनयका कारण तारिफको पात्र बनिन् । ‘लिलिबिलिक’को अभिनय हेरेर अहिले उनलाई चलचित्रको अफरसमेत आइरहेका छन् ।

 

 

 

 

 

अश्लेशा ठकुरी
चलचित्र ‘प्रेम गीत २’बाट अभिनयमा डेब्यु गरेकी अश्लेशा डेब्यु चलचित्रमै सफल हात पार्ने अभिनेत्री हुन् । पहिलो चलचित्र नै प्रदीप खड्कासँग रोमान्स गर्ने मौका पाएकी उनी सकारात्कम, नकारात्मक दुवै कारणले चर्चामा रहिन् । चलचित्र प्रमोसनको टुरमा उनले गरेको नृत्य धेरैले कुरा काट्ने विषय बन्यो । जस्तो चर्चा भए पनि ‘प्रेमगीत २’ हिट भएपछि भने उनले अझै चर्चा भयो । अहिले भने उनी गुमनाम छिन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest