६ महिने बालकको एसिड प्रहारबाट मृत्यु

Thursday, September 20th, 2018


खेमराज जैसी ,
सुर्खेत ः मंगलबार अछाममा ६ महिने बालकको एसिड प्रहारबाट मृत्यु भएको छ ।अछामको तुर्माखाद गाउँपालिका ४ चिसिका ६ महिनाका बालक मुस्कान बयकको एसिड प्रहारका कारण मृत्यु भएको हो । उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा सुर्खेतमा मृत्यु भएको छ ।मंगलबार बिहान ११ बजेतिर बालकका आमा देवसरा बयकले दुध चुसाएर घरभित्रै सुताइ बाहिर काममा निस्किएकी थिइन तर आधा घण्टापछि घर फर्किने क्रममा बालक रुँदै गरेको र पुरै शरीरमा आगोले पोले जस्तै देखिएपछि उनलाई स्वास्थ्य चौकी लगिएको थियो ।
स्वास्थ्य चौकीले जिल्ला स्वास्थ्य कार्यालयमा रिफर गरेपनि त्यहाँ उपचार हुन संभव नभएपछि जिल्ला स्वास्थ्य कार्यालयले नेपालगञ्ज अस्पताल रिफर गरिएको थियो । तर बालकलाई उपचारको लागि नेपालगञ्ज पुर्याउन भ्याइएन । उनको बाटैमा मृत्यु भयो ।प्रहरीले बालकमाथि एसिड छ्यापेको आशंकामा दुईजना नातेदारलाई पक्राउ गरेको छ ।

(यो भिडियो पनि हेर्नुहोसआठ वर्षिया वालिका गीत पछाईले बनाइन यस्तो कृतिमान)

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest