जसले ७० वर्षमा एमए पास गरिन

Tuesday, December 24th, 2019

काठमाडौं :पछील्लो समय धेरैले भन्ने गरेकाछन पढ्न उमेरले छेक्दैन।केही दिनयता सामाजिक सञ्जाल ७० वर्षीया नानीमैयाँ श्रेष्ठको दीक्षान्त समारोहमा खिचिएको यो माथिको तस्वीर निकै भाइरल भइरहेको छ ।

गत बिहीबार त्रिविको ४५ औं दीक्षान्त समारोहबाट १० हजार १ सय ८३ विद्यार्थीसँगै नानीमैयाँ पनि दीक्षित भएकी हुन्। दस हजारभन्दा बढी युवाको भिडमा देखिएकी उनी हुन् ७० वर्षकी भइन ।जीवनका सात दशक काटेकी नानीमैयाँले पाटन क्याम्पसबाट नेपाल भाषामा स्नातकोत्तर गरेकी हुन्। दीक्षान्त समारोहमा नानीमैयाँ धेरैका लागि प्रेरणा बनिन्।२००६ सालमा ललितपुर, गावहालमा जन्मेकी उनले दस वर्षकी हुँदासम्म स्कुल जाने रहर मात्र बोकिरहिन्। स्कुल नजिकै भए पनि कक्षाकोठा, कालोपाटी, बेन्च, शिक्षकशिक्षिका र साथीहरूको अनुभव गर्न पाएकी थिइनन्।पछि निकै जिद्दी गरेपछि बाबाले स्कुल पठाउनुभयो। केटी मान्छेले मात्रै पढ्ने आदर्श कन्या निकेतनमा भर्ना भएँ,ु ६० वर्ष पुरानो दिन सम्झेर आज पनि उनी खुसी देखिन्छीन।

स्कुल भर्दा हुँदा अझै दंग परेकी उनी। केटीहरूका लागि मात्र भर्खर खुलेको स्कुलमा विद्यार्थी थोरै थिए। उनी २ कक्षाबाट एकैपटक ५ मा पुगिन बिहानभरि घरको काम, दिउँसो स्कुल, बेलुका फेरि घरको काम नानीमैयाँले नियमित गर्नु पर्दथ्यो ।उनले स्कुलमा नियमित पढ्न कहिल्यै पाइएन। होमवर्क स्कुलमै सकेर फर्किने गरेको उनी बताउछीन। २०२४ सालमा एसएलसी पास भइन्। पढ्ने भोक झनै बढ्यो। चलन उस्तै थियो( केटीले किन पढ्ने ?

नानीमैयाँले प्रविणता तह पढ्न केटाहरूसँग नबोल्ने सर्तमा बुवाबाट अनुमति पाइन्। अर्थशास्त्र, भूगोल र नेपाली विषयमा आइए पढ्न थालेकी उनले सरासर पास गरिहालिन्।जो पास हुनुपर्ने हो त्यो फेल भयो, जो नपढे पनि हुने, ऊ चाहिँ पास,ु बुवाका भनाइ उद्धृत गर्दै उनले सुनाइन्, आइएमा दाइ फेल र म पास हुँदा बाबाले भन्नुभएको थियो।ु२०२८ सालमा नेपाली र अर्थशास्त्र विषय लिएर उनी बिए पढ्न भर्ना भइन्। राम्रै पढेकाले घरबाट रोक भएन। तर बिए पढ्दापढ्दै उनको बिहे भयो। घरनजिकै मंगलबजारमा आफ्नै दिदीका देवरसँग उनको मागी बिहे भएको बताइन्।

बिहेपछि उनको पढाइ बिग्रियो। उनका दुई छोरी र एक छोरा भए।त्यो बेला घर, छोराछोरी, गुठी सबै आफैं सम्हाल्नुपर्ने हुनाले पढाइ राम्रो भएन। म फेल भएँ,ु उनले सुनाइन्। उनका श्रीमान त्यो बेला नेपाल बैंक लिमिटेडमा जागिरे थिए। २०३१ सालपछि भने न्याय सेवामार्फत् सरकारी जागिर सुरू गरे।नानीमैयाँले बिग्रेको भने पनि त्यही बीचमा पढाइ पूरा गरिन्। २०३४ सालमा बिए पास गर्दा उनी दंग थिइन् रे।भनिन्, ु२०३६ सालमा पनि बिए पासको दीक्षान्त लिएकी थिएँ नि।
स्नातक सकेपछि उनी श्रीमानसँगै धनकुटा जाने भइन्। ठूली छोरीलाई ललितपुरमै छाडेर २ वर्ष धनकुटा बसिन्।भन्छिन् उपत्यका बाहिरको जीवन महशुस गर्न पाएँ। त्यहाँका मान्छे काठमाडौं स्वर्गजस्तो ठान्थे। म उनीहरूलाई काठमाडौं घुम्न जानु भन्थेँ। तर त्यति बेला काठमाडौं आएका धेरै फर्केर गाउँ गएनन्। यतै रमाए।धनकुटाबाट फर्केपछि उनलाई स्कुल पढाउने अवसर आयो। छोराछोरी स्कुल पठाएपछि उनी पनि त्रिपुरेश्वरको विश्व निकेतन स्कुल पढाउने म्याडमु बनिन्।

त्यो समयमा निकै कम आमाबाबुले मात्रै पढेका थिए। त्यसैले केटाकेटीलाई पढाउने भर शिक्षकशिक्षिकाकै मात्र हुन्थ्यो। त्यसले गाह्रो हुने रहेछ ,उनले त्यो बेलाका कठिनाइ सम्झिइन्।२०४० सालबाट पढाउन थालेकी उनको जागिर ८ वर्षपछि मात्र स्थायी भयो।भन्छिन्, अनुमति पत्रको परीक्षा दिएर स्थायी भइसकेकी थिएँ। तर कार्यान्वयनमा ८ वर्षपछि मात्रै स्थायी नियुक्त्ति गरियो। त्यति बेला के भयो, मलाई मेसो भएन।

नानीमैयाँको अलि अघिसम्म चम्किरहेको अनुहार एकाएक मलीन भयो।श्रीमानको काममा डिस्टर्ब हुन्छ भनेर उहाँलाई यी कुरा भनिनँ,श्रीमानतिर हेर्दै भनिन्। श्रीमानले हेरेरै प्रतिक्रिया दिए।२७ वर्ष पढाएपछि उनी २०६६ सालमा उमेरका आधारमा सेवानिवृत्त भइन्। स्थायी नियुक्ति ढिला भएकाले पेनसन आएन।म ६० वर्षको हुँदा स्थायी सेवा १९ वर्ष मात्र भएछ, उनले दुःख मान्दै सुनाइन्।२०५९ मा श्रीमानले अवकाश पाए। उनीहरूले दुइको कमाइले महालक्ष्मी स्थानमा घर बनाए। स्कुलबाट निस्किनुअघि नै नानीमै‍याँले एक वर्षे बिएड सकेकी थिइन्। दुई छोरीको बिहे भइसकेको थियो। जागिर सकिएलगत्तै छोराको पनि बिहे गरिदिइन् जो अहिले अस्ट्रेलियामा छन्।

अनि त घरमा श्रीमान श्रीमती मात्र। काममा सक्रिय उनलाई दिनभर बस्न दिक्क लाग्न थाल्यो। पढ्ने इच्छा बाँकी नै थियो।बिए अर्थशास्त्रमा गरेकाले उनलाई यसैमा एमए गर्ने मन थियो। गाह्रो हुन्छ भनेपछि नेपाल भाषा पढ्ने सोच बनाइन् र २०७१ सालमा नेपाल भाषा केन्द्रीय विभाग, पाटन क्याम्पस भर्ना भइन्।दुई छोरी र श्रीमानकै प्रेरणाले स्नातकोत्तर पूरा गर्न सघाएको उनी बताउँछिन्। उनकी ठूली छोरी जापानबाट नर्सिङ म्यानेजमेन्टमा विद्यावारिधि सकेर उतै बस्छिन्। कान्छी छोरी पनि शंकरदेव क्याम्पस र पछि जापानमा दुई वर्ष पढेर फर्केकी हुन्।

मलाई पढ्न हौसला दिने छोरीहरू नै हुन्,ु नानीमैयाँले सुनाइन्, जापानमा अवकाशपछि पढ्छन्। तपाईं पनि पढ्नू भनिरहन्थे।बिहानै पढ्न जाँदा उनलाई मर्निङ वाक गएजस्तो हुन्थ्यो रे। आठ बजे कलेज छुट्टी हुन्थ्यो। आएर खाना पकाएर श्रीमान श्रीमती खान्थे। छिमेकीहरू यो उमेरमा पढेर के गर्नेु भन्थे। कहिलेकाहीँ कलेजकै विद्यार्थीले जिस्काउँथे।मसँग पढ्ने सबै भर्खरका थिए। उनीहरूले सुरूसुरूमा जिस्काए। पछि यो बुढीले त पढ्ने आँट गरेकी छ, हामी पनि पढ्नुपर्छु भन्थे,ु जिस्काइ नै भए पनि आफू उदाहरण बनेको देख्दा उनी मख्ख सुनिइन्।

भन्छिन्,मैले केही गर्न पढेको होइन। रहर हो। आत्मविश्वास बढेको छ। पहिले श्रीमानसँगै कुरा गर्न गाह्रो थियो, अहिले अरूसँग पनि सजिलै सकिन्छ।आफ्नो उदाहरण देखेर अरूले पनि पढ्ने उनलाई आशा छ। अब थप पढाइ नगरे पनि अध्ययन जारी राख्ने बताउँछिन्। फेसबुक, युट्युबमा रमाउने उनी फुसर्दमा लेखहरू पनि लेख्छिन्। विभिन्न पत्रिकामा प्रकाशनका निम्ति पठाउँछिन्।
पढ्न सहज नभए पनि आँट गरे सकिन्छ( उनको निष्कर्ष छ।
७० वर्षीया नानीमैयाँ भन्छीन मेहनत गर्‍यो भने जे पनि सम्भव छ।
(रोशन सिग्देलले सेतोपाटीको लागी बनाएको विशेष रिपोर्टको सम्पादित अंस)

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest