प्रहरी जवानले महिलालाई छ्यापे एसिड, एसिड खन्याउने प्रहरीविरुद्ध ज्यान मुद्दा

Monday, April 23rd, 2018

 

काठमाडौँ – सडकको छेउबाट हिन्दै गरेकी महिललाई प्रहरीका एक जवानले एसिड छ्यापेका छन् । चितवनमा ट्राफिक प्रहरीले नै महिलामाथि एसिड छ्यापेका हुन्। गोरखा घर भई भरतपुर महानगरपालिका ४, त्रिचोकमा डेरा गरि बस्ने कल्पना श्रेष्ठलाई इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाँले आइतबार बेलुका एसिड छ्यापेका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभू ढकालका अनुसार भित्री सडकमा हिँडिरहेको बेला खनियाँले श्रेष्ठमाथि एसिड छ्यापेका हुन् । एडिस लागेर घाइते महिलाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

तथ्यांक कार्यालयले गरेको आर्थिक गणनामा गणकका रुपमा कार्यरत २८ वर्षीया श्रेष्ठको अनुहार, शरीरको अगाडिको भाग र खुट्टामा एसिडले जलेको उनले बताए । डिएसपी ढकालका अनुसार घाइते कल्पनाको अवस्था सामान्य छ ।

प्रहरीले आइतबार नै एसिड छ्याप्ने खनियालाई नियन्त्रणमा लिइसकेको छ । प्रारम्भिक बयानका क्रममा खनियाले आन्तरिक बिबादका कारण एसिड छ्यापेको बताएका ढकालले जानकारी दिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest